आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डको यस्तो खेल, बामदेव अगाडि आउँदै

केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डको यस्तो खेल, बामदेव अगाडि आउँदै

  • आइतवार, फाल्गुण ११ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न नेकपा सचिवालय बैठकले समिति गठन गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको खुलासा भएको छ । संविधान संशोधन कार्यदलमा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्बाङ र पार्टी केन्द्रीय सदस्य खिमलाल देवकोटा सदस्य रहेका छन् । राष्ट्रियसभा सदस्यलाई समेत प्रतिनिध सभाको हैसियत बराबर हुने गरी संविधान संशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिइएको छ । यसअघि उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री हुन पाइने भए मात्रै राष्ट्रियसभा सदस्य हुने अडान लिएका थिए । शनिबारको सचिवालय बैठकमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति समेत भएको छ । हाल नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था रहेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रसरता देखाएका छन् । सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले कार्यदल गठनका लागि प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा ओलीले असहमति जनाउन सकेनन् । यसअघि भने ओलीले आफू प्रधानमन्त्री हुँदाहुँदै अरु हुन नपाउने भनेर प्रतिवाद गरेका थिए । राजनीतिक स्थिरताका लागि ओली नै ५ वर्ष प्रधानमन्त्री हुने भनिएपनि नेकपाले प्रधानमन्त्री फेरबदल गर्ने जग निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०७६११:४०:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend