आइतवार, फाल्गुण ११ २०७६
काठमाडौं– सिमेन्ट बोकेको ट्रक त्रिशुली नदिमा खसेको । ट्रकको टायर पड्किदा अनियन्त्रित भएर त्रिशुली नदीमा खसेको हो । आइतबार बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गबाट त्रिशुली नदीमा खसेको थियो।
ना ५ ख ३७७७ नम्बर को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ अनुसार दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था भने सामान्य रहेको छ ।
सिमेन्ट बोकेको ट्रक वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।