आइतवार, फाल्गुण ११ २०७६
काठमाडौं–ललितपुर सानेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ।
सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बतायो। मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो।
त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ। तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ।
‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने, रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’
उहाँले विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताउनु भयो। रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने एसएसपी राईको भनाइ छ।
विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईको भनाइ छ।
उनले मोबाइलबाट डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।