आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गृहनगरमा गायक डम्बर र निसानलाई भव्य सम्मान

गृहनगरमा गायक डम्बर र निसानलाई भव्य सम्मान

  • शनिवार, फाल्गुण १० २०७६

  • 4.6K
    SHARES

  • उर्लाबारी – चर्चित गायक डम्बर नेपाली र गायक निसान भट्टराईलाई गृहनगरमा सम्मान गरिएको छ । महाशिवरात्रिको अवसरमा फागुन ९ गते ‘बृहत सांगीतिक साँझ’ आयोजना गरी यु युथ्स अफ उर्लाबारीले गायकद्वय नेपाली र भट्टराईलाई सम्मान गरिएको हो । दुवैलाई उल्लेख्य दर्शकदीर्घा र अतिथिमाझ कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सम्मान पत्रसहित सम्मान गरे । ‘उर्लाबारीलाई सांगीतिक उर्वरभूमिको रुपमा देशविदेशमै चिनाउन सफल डम्बर र निशानलाई विशेष सम्मान गरिएको कार्यक्रम संयोजक किशोर श्रेष्ठले बताए । कार्यक्रममा डम्बर र निसानले आफ्ना नयाँ तथा पुराना चर्चित गीत गाएर दर्शकदीर्घालाई मनोरञ्जन दिलाएका थिए । डम्बरले शिवरात्रि साझलाई अझ रंगीन बनाईदिएका थिए । उनले ‘मेरो जिवनबाट जाने भए जाँउ, कि यो जंगे रेलमा’, मेरो सुईटर फाटेको चर्चित गीत गाएर दर्शक दीर्घालाई नचाएका थिए । गायक निसान भट्टराईले ओई भुन्टी,दैब हे, भिजिट भिसामा गाएर आफ्ना बुवा–आमासहित दर्शक दिर्घालाई नचाएर मनोरञ्जन दिलाए । निसानले पूर्व मिस नेपाल निकिता चाण्डक अभिनित फिल्म साङ्लोको गीत झ्याम्मै आँखा झ्याम्मै गीत गाएर नायिका निकिता स्वयंलाई नचाउँदा कार्यक्रमको माहौल झनै तातेको थियो । कार्यक्रमका प्रमुख अतिथि मेयर फागोले क्लबको प्रशंसा गर्दै समाजलाई टेवा पुग्ने रचनात्मक काम गर्न हौसला प्रदान गरे । क्लबका अध्यक्ष प्रेमराज शर्माले क्लबको कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न अतुलनीय सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६०४:०४:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend