आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मुना हत्याकाण्ड : कामदार विजय चौधरीको मोबाइल रिपोर्ट देखेपछि प्रहरीलाई तनाव !

मुना हत्याकाण्ड : कामदार विजय चौधरीको मोबाइल रिपोर्ट देखेपछि प्रहरीलाई तनाव !

  • शनिवार, फाल्गुण १० २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं – ललितपुर जिल्लाको सानेपामा गत माघ २७ गते भएको पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्याकाण्डमा प्रहरीले घटनाको कारण पत्ता लगाउन सकेको छैन । मुनाको हत्यालगत्तै कामदार विजय चौधरीले आत्महत्या गरेको देखिएपछि प्रहरीले घटनाको कारण र पृष्ठभूमिको अनुसन्धानमा लागेको थियो । तर प्रहरीले कारण पत्ता लगाउन सकेको छैन । घटनाबारे केही सूचना मिल्नसक्ने अनुमानका साथ प्रहरीले मुना कार्की र विजय चौधरीका मोबाइल परीक्षणका लागि प्रयोगशालामा पठाएको थियो । मोबाइल जाँचपछि हात लागेको रिपोर्ट पढेर प्रहरीलाई झन् तनाव दिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले घटनालगत्तै मुना र विजयको मोबाइल फरेन्सिक अध्ययनका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । प्रहरीले दुवै मोबाइलको रिपोर्ट बुझेको छ । दुवै मोबाइलको रिपोर्ट हेर्दा घटनाको कारण पत्ता लाग्ने कुनै सुराक फेला नपरेको परिसरका एसएसपी टेकप्रसाद राईले जनाएका छन् । अनुमान गरिए जस्तो चौधरीले मुनाको हत्या गर्नुको कारणबारे मोबाइलबाट कुनै जानकारी फेला नपरेको प्रहरीले जनाएको छ । घटनाको कारण पत्ता लगाउने चुनौती प्रहरीसामु कायमै रहेको छ । मोबाइलमा चौधरीका थुप्रै फोटोहरू भने फेला परेका छन् । घरमा कुकुरसँग खेलेको, अर्जुन कार्कीको छोरासँग रमाएको र विभिन्न ठाउँ घुम्न जाँदा खिचेका फोटो चौधरीको मोबाइलमा फेला परेका परिसरकी एसपी दुर्गा सिंहले जानकारी दिइन् । ‘चौधरीको मोबाइलमा अश्लील खालका र हिंसामा सघाउ पुर्‍याउने खालका कुनै पनि सामग्री फेला परेनन्,’ एसपी सिंहले भनिन् । विजय चौधरीले मोबाइलबाट डिलिट गरिएका सामग्री रिकभर गर्दा पनि कुनै शंकास्पद विषय फेला नपरेको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टमा मुनाको मृत्यु घाँटी थिचिएका कारण भएको जनाइएको छ । चौधरीको मृत्यु झुण्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६०२:२०:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend