आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसभित्र शुद्धीकरण अभियान, भिभिआइपीहरूलाई साइड लगाउदै नेकपा

कांग्रेसभित्र शुद्धीकरण अभियान, भिभिआइपीहरूलाई साइड लगाउदै नेकपा

  • शनिवार, फाल्गुण १० २०७६

  • 6.7K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसभित्र शुद्धीकरणको माग उठिरहेको छ । निर्वाचनमा सानो आकारमा खुम्चिएको कांग्रेसभित्र शीर्ष नेताहरूको विरोधमा शुद्धीकरणको कुरा उठ्न थालेको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइरालासहितका नेताहरू मार्ग प्रसस्त गरिदिन युवा पंक्तिले झिनो आवाजमा दवाव दिएका छन् । युवा पुस्ताको हातमा कांग्रेस गयो भने अहिलेको भन्दा धेरै राम्रो पोजिशनमा कांग्रेस जाने युवा नेताहरुको दावी छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेतृत्वको गलत नीति र निर्णयका कारण कांग्रेस पराजित हुन पुगेको हो । सभापति देउवाले भरतपुर महानगरपालिकामा माओवादीकी रेणु दाहाललाई भोट हाल्न निर्देशन दिएपछि गडबडी शुरु भएको थियो । कांग्रेसका कार्यकर्ताहरूलाई कम्युनिस्टको उम्मेदवारको पक्षमा भोट हाल्न निर्देशन दिनु नै गलत रहेको पुष्टि हुँदै गएको छ । त्यति मात्रै होइन सत्तामा रहेका बेला कांग्रेसका सीमित नेताहरूले आफ्नो स्वार्थअनुकूलको निर्णय गरे । उनीहरूले आफू र आफ्नो परिवारको नाममा सम्पत्ति जोड्ने काम पनि गरे । अकुत सम्पत्ति कमाएका कांग्रेसका नेताहरू धमाधम खोरमा जान थालेका छन् । कांग्रेस आफैले शुद्धीकरण चलाउन सकेको थिएन । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कांग्रेसभित्र शुद्धीकरणको अभियान चलाइदिएको छ । देश, जनता र पार्टीलाई बेवास्ता गरेर अकुत सम्पत्ति कमाइ गरेका कांग्रेस नेताहरूलाई मुद्धा चलाउने तयारी सरकारले गरेको छ । केही नेताहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत ठेगान लगाउनेक्रम शुरु भएको छ । बाँकी नेताहरूलाई सरकारले सम्पत्ति शुद्धीकरण विभागमार्फत तह लगाउने समेत चर्चा शुरु भएको छ । अकुत सम्पत्ति कमाएका कांग्रेसका नेताहरूलाई कम्युनिस्ट सरकारले मुद्धा चलायो भने कांग्रेसको नेतृत्व युवा पुस्ताको हातमा जाने देखिन्छ । विजयकुमार गच्छदारलाई अख्तियारले मुद्धा चलाएपछि गगन थापालगायतका युवा नेताहरु खुसी भएका छन् । आफ्नो सरोकार नै नभएको मन्त्रालयको फाइल किन गच्छदारले क्याविनेटमा लगे भनेर थापाले विरोध जनाइसकेका छन् । गच्छदार दोषी छन् वा छैनन् अदालतले भन्नेछ । तर, गच्छदार अधिकांश सत्तामा बसेका नेता हुन् । गच्छदारप्रति कांग्रेसभित्र कार्यकर्तामा खासै राम्रो ईमेज छैन । युवा पुस्तामा कांग्रेसको नेतृत्व गयो भने निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूले जित्ने थापा पक्षको बुझाइ छ । कांग्रेसको अहिलेको नेतृत्व कमजोर र अफल बन्दै गएको सबैले भन्न थालेका छन् । हरेक ठाउँमा कांग्रेसको नेतृत्व चुक्दै गएको छ । विमलेन्द्र निधि, आरजु राणा देउवा, सुजाता कोइराला, डा.रामशरण महत, प्रकाशमान सिंह, डा.प्रकाश शरण महत, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाललगायतका नेताहरूको ईमेज कांग्रेसका कार्यकर्ताहरूमा राम्रो छैन । उनीहरूलाई कुनै न कुनै विषयमा कांग्रेसका कार्यकर्ताहरूले आक्षेप लगाउने गरेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई कांग्रेसका कार्यकर्ताहरूले सम्मानित नेता भएर पार्टीको संरक्षणमा लाग्नुपर्ने सुझाव दिन थालेका छन् । देउवा र पौडेलले सहि निर्णय र नीति अवलम्बन गर्न नसकेकै कारण समस्या आएको आरोप छ । कांग्रेस आफैले शुद्धीकरण गर्नुपर्नेमा सरकारले कांग्रेसभित्र शुद्धीकरण चलाइदिएर राम्रो निर्णय गरेको टिप्पणी हुन थालेको छ । कांग्रेसमा पैसाको बलमा सांसद, नेता र मन्त्री बनेकाहरूलाई पनि शुद्धीकरण अभियानबाट ठाउँमा पुर्याउनुपर्ने युवा नेताहरुको बुझाइ छ । व्यापारीहरू विनोद चौधरी, उमेशलाल श्रेष्ठ, जिपछिरिङ लामा, बहादुर लामा, मोहनप्रसाद आचार्यलगायतलाई पनि शुद्धीकरण अभियानबाट सहि ठाउँमा पुर्याउनु पर्ने उनीहरुको माग छ । पैसावालहरूका कारण पार्टीभित्र योगदान गरेका र सक्षम नेताहरूले अबसर नपाएको पनि उनीहरुको भनाई छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६१०:१०:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend