आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पत्रकारहरूको महाधिवेशनको तयारी तीब्र

पत्रकारहरूको महाधिवेशनको तयारी तीब्र

  • शनिवार, फाल्गुण १० २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं - पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको महाधिवेशनका लागि तयारीहरू धमाधम रुपमा भइरहेको छ । युनियनका महासचिव अजयबाबु सिवाकोटीका अनुसार चैतको २१ गते नेपालगञ्जमा महाविधेशनको उद्घाटन हुनेछ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महाधिवेशनमा करीव १५ सय पार्षदहरूले भाग लिने सिवाकोटीले बताए । अघिल्लो पटकभन्दा यस पटक युनियनमा पार्षदहरूको संख्या बढ्नेछ । महासचिव सिवाकोटीका अनुसार फागुन महिनाभित्र देशभरिका पार्षदहरूको नामावली अध्यावधि हुनेछ । सोमबारसम्म झण्डै छ सय पार्षदहरूको नाम केन्द्रीय कार्यालयमा आइसकेको छ । प्रदेश र केन्द्रका पार्षदहरूको सूची पनि धमाधम तयार भइरहेको छ । युनियनका ८८ वटा शाखा छन् । विदेशमा युएई, युके र पोर्चुगलमा युनियनको शाखा छ । विदेशी पाहुनाहरूलाई बोलाउन निमन्त्रणा पठाउने काम पनि भइरहेको छ । सुर्खेत, दैलेख, नुवाकोट र काभ्रे जिल्लामा अधिवेशनलाई लिएर केही तनाब भएको छ । तर, ती जिल्लाहरूको अधिवेशन छिटोभन्दा छिटो गर्ने तयारी भइरहेको र विवादहरू समाधानतिर गइसकेको महासचिव सिवाकोटीले बताए । नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयमा युनियनको महाधिवेशन गर्ने तयारी भएको छ । झण्डै १५ सय पार्षदहरूलाई राख्नका लागि बाँकेको होटेल व्यवसायी संघसँग कुराकानी पनि भएको छ । त्यसका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, स्थानीय आयोजक समितिका संयोजक प्रेम केसीलगायतको टिमले नेपालगञ्जमा तयारी गरेको महासचिव सिवाकोटीले बताए । यस पटक युनियनले उद्घाटन सत्र अगाडि दुइटा सत्र चलाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय पत्रकारहरूको संस्था आइएफजेकै मोडलमा महाधिवेशन गर्ने तयारी भएको सिवाकोटीले बताए । उद्घाटन गर्नु अगाडि बिहान खाजा खाएर साढे एक घण्टा संगठनका विषयमा छलफल हुनेछ । त्यसपछि साढे एक घण्टा नेपाली प्रेसको समस्याका विषयमा कार्यशाला गर्ने तयारी भएको सिवाकोटीले बताए । झण्डै चार घण्टाभित्र दुइटा सेसन सम्पन्न गरेपछि उद्घाटन गरेर महाविधेशन गर्ने तयारी भएको छ । उद्घाटन सत्रपछि बन्द सत्र र त्यसपछि नयाँ नेतृत्वका लागि निर्वाचन कार्यक्रम शुरु हुनेछ । महाधिवेशनमा करीव ५० लाख खर्चको अनुमान गरिएको महासचिव सिवाकोटीले बताए । झण्डै दश लाख सदस्यता शुल्कबाट संकलन हुनेछ । बाँकी पैसा व्यक्तिगत रुपमा भार नपर्ने गरी शुभेच्छुक संस्था र व्यक्तिहरूबाट सहायतका रुपमा लिइनेछ । महाधिवेशनको खर्चका लागि प्रदेश ५ को सरकार, बाँकेका गाउँपालिका र नगरपालिका, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएको महासचिव सिवाकोटीले बताए । यस पटक युनियनले चन्दा वा आर्थिक सहयोगका नाममा दुःख दिने पक्षमा नरहेको उनले बताए । महाधिवेशनमा सहभागी हुन आउने पार्षदहरूलाई तीन रात नेपालगञ्जमा बस्ने र खाने व्यवस्था गरिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६०७:२५:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend