आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोकुलको मन्त्री पदमा कसको भाग्य खुल्ला ? यस्तो छ नालीबेली !

गोकुलको मन्त्री पदमा कसको भाग्य खुल्ला ? यस्तो छ नालीबेली !

  • शनिवार, फाल्गुण १० २०७६

  • 6.4K
    SHARES

  • काठमाडौं - ७० करोड कमिसन काण्डका कारण गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको पद गुमाएपछि त्यो पदमा जानका पूर्वएमाले निकटका सांसदहरूवीच तछाडमछाड भएको छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । सञ्चार मन्त्रालयमा पूर्वएमालेबाटै मन्त्री नियुक्त गरिने स्रोतले जनाएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटेर सिधै मन्त्री पद नमागेपनि सम्पर्क सूत्रहरूमार्फत केही सांसदहरूले मन्त्रीका लागि लबिङ गरेका हुन् । प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यापण गर्नु अगाडि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको स्रोतको भनाइ छ । सञ्चार मन्त्री बन्ने दौडामा खगराज अधिकारी, प्रेम आले, सोमप्रसाद पाण्डे, राजेन्द्र गौतम, महेश बस्नेत, विशाल भट्टराईलगायतको नाम चर्चामा छ । यीमध्ये गौतम अगाडि छन् । नेकपाको प्रेस संगठनका ईञ्चार्ज समेत रहेकाले गौतम मन्त्री बन्ने पहिलो नम्बरमा रहेको स्रोतको भनाइ छ । गौतम प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन् । महेश बस्नेतको नाम चर्चामा रहेपनि उनी मन्त्री बन्ने सम्भावना निकै कम छ । एमाले र माओवादीवीच पार्टी एकीकरण हुँदा बस्नेत वामदेव गौतमको कोटाबाट नेकपाको केन्द्रीय सदस्य बनेका थिए । बस्नेत भक्तपुरमा अलोप्रिय बन्दै गएको नेकपा भक्तपुरमा चर्चा छ । प्रधानमन्त्री ओली निकट भनिए पनि बस्नेतले भैँसेपाटीमार्फत मन्त्री पद पड्काउने योजनामा लागेको स्रोतको भनाइ छ । खोटाङबाट सांसद विशाल भट्टराईपनि मन्त्री बन्ने दौडमा अग्रस्थानमा छन् । प्रेम आले मन्त्री बन्ने सूचीमा पुच्छारमा छन् । सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका आलेले सरकारलाई साथ नदिएको रिपोर्ट बालुवाटारमा पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६०६:५०:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend