शनिवार, फाल्गुण १० २०७६
भोजपुर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको गृह जिल्लामा नेकपालाई ठूलो झट्का लागेको छ। टेम्केमैयुङ गाउँपालीका–खावामा नेकपा र विभिन्न पार्टि परीत्याग गरी २८ जना नेपाली कांग्रेसमा गरेका छन् ।
स्थानीय एकराज विष्ट, धर्मजित राई, जित ब विष्ट, शंखर राई, सुरेश विष्ट, कैलाश राई, शुभराज राई, रमन राई, केशरमान राई, जितेन्द्र राई, ममता राई, अनिस राई, जेम्स तामाङ, हुङमासुङ राई, राजित राई, बिवस राई, मञ्जु विष्ट, लक्ष्मी विष्ट, बेर्ना बिष्ट, प्रदिप राई, पुर्णहाङ राई, कमला विष्ट, टिकाराम राई, मन बहादुर राई, सरीता राई, बलिराज राई, रमेश राई गरी २८ जना कांग्रेस पार्टि प्रवेश गरेका हुन् ।
उनीहरुलाई कांग्रेस सभापति जिल्ला सभापती नन्दमणी राई, नेताहरु हेमन्त मुकारुङ, हरी खतिवडा, तरुणदल जिल्ला अध्यक्ष सरोज बस्नेत, नेविसंघ अध्यक्ष टार्जन राई, तरुण दल सचिव ज्योती पौडेल, टेम्केमैयुङ गाउँपालीका–५ का कांग्रेसका सभापती मणी प्रसाद लगायतले स्वागत गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।