आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेताको उदाहरणिय काम, चकित बने कम्युनिस्ट

कांग्रेस नेताको उदाहरणिय काम, चकित बने कम्युनिस्ट

  • शनिवार, फाल्गुण १० २०७६

  • 6.0K
    SHARES

  • दोलखा– दोलखाको मेलुङ गाउँपालिका १ पवटी गाउँस्थित काब्रे टोलमा कांग्रेसका नेता ताराबहादुर कोइरालाको पौरख देखेर जो कोही दंग पर्छन्। बहुदलपछि दोलखा कांग्रेसको ४ पटक जिल्ला सभापति र ३ पटक संसदीय चुनाव लडेका उनले आफ्नो कृषि कर्म मार्फत राजनीति गर्नेहरु पनि आम नागरिकले जस्तै मेहेनत र परिश्रममा भिज्नुपर्छ भन्ने उदाहरण दिन खोजिरहेका छन्।

    पवटी गाउँमा कोइरालाको सुन्तलाको भव्य बगैंचा भने पहिल्यैदेखि थियो। तर त्यसलाई व्यवस्थित बनाउन सकेका थिएनन्। रेखदेख गर्ने जिम्मामा केही मान्छे खटिएका थिए। छोराछोरी प्रायः सबै विदेश अनि आफू पार्टी सभापति हुँदा सदरमुकामको बसाईका कारण उनले गाउँको कृषि कर्ममा समय दिन सकेका थिएनन्। बहुदलपछि चार कार्यकालसम्म दोलखा कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका कोइरालाले २०७२ सालमा १३ औं अधिवेशनपछि पार्टीको जिल्ला नेतृत्वबाट बिश्राम लिने निधो गरे। आफू महासमिति सदस्य बसेर अर्कै उम्मेदवार अघि सारे।

    पार्टीको जिल्ला नेतृत्वबाट बिश्राम लिएपछि कोईरालाले एउटा अठोट गरे– ‘अब गाउँ फर्किएर व्यवसायिक कृषि थाल्छु’। सुन्तलाको बगैंचालाई व्यवस्थित बनाए। ७ सय बोट किवी र कागती लगाए। गोठमा बाख्रा थपे, गाई भैंसी किने। पहिल्यै लगाएको १ सय बोट कफी थियो। गाउँ फर्किएर ५ सय बोट पु¥याए। कोईरालाको कृषि कर्म अहिले व्यवस्थित बन्दै गएको छ। दैनिक १० जनासम्म अस्थायी कामदार बारी र बगैंचामा खटिइरहेका छन्।

    आफ्नो कृषि पेशालाई व्यवस्थित बनाउन थालेपछि उत्पादन राम्रो भएको छ। पोहोर मात्र उनले २ हजार केजी किवि बिक्री गरेको सुनाए। सुन्तला पनि बिक्री नगरेका होईनन् तर सोचे अनुसार भएन। बिक्री गर्ने भन्दा पनि कोसेली पठाउने र ईष्टमित्रलाई चखाउने उद्देश्यले किवि, सुन्तला, र आरुबखराको वाईन उत्पादन गरेर परिक्षण गरे। वाईन उत्पादनको कामलाई व्यवसायिक बनाउने सोच उनको छ।

    कोइरालाले बाख्रा र गाईवस्तुका निम्ती मलमुत्रलाई व्यवस्थित तरिकाले प्रशोधन गर्ने उपायसहितको आधुनिक गोठ निर्माण गरिरहेका छन्। तीन महिनाभित्र उक्त गोठलाई सञ्चालनमा ल्याउने उनको सोच छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६०३:५७:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend