आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बास्कोटा काण्डमा ओलीको हात रहेको प्रचण्डका पूर्वप्रेस संयोजकको आशंका, बालुवाटारमा हंगामा

बास्कोटा काण्डमा ओलीको हात रहेको प्रचण्डका पूर्वप्रेस संयोजकको आशंका, बालुवाटारमा हंगामा

  • शनिवार, फाल्गुण १० २०७६

  • 7.1K
    SHARES

  • काठमाडौं– बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट बिहीबार राजीनामा दिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोडको मोलतोल गरेको अडिओ सार्वजनिक भएपछि उनले राजिनामा दिएका हुन्।

    विश्वासपात्र बाँस्कोटामाथि कमिसन लेनदेनका लागि बार्गेनिङ गरेको आरोप लागेपछि प्रधानमन्त्री ओली नैतिक संकटमा परेका छन् । नेकपाका अर्का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक रहेका मनहरि तिमिल्सिनाले प्रधानमन्त्रीमाथि पनि शंका उब्जाएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ५ वटा बुँदा उल्लेख गर्दै उनले प्रधानमन्त्री ओली पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसनमा संलग्न रहेको आशंका गरेका हुन् ।

    फेसबुकमा पूर्वप्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक तिमिल्सिना लेख्छन्, ‘विश्वस्त हुन नसकेको मन। (१) बाँस्कोटाले कमिसन मागेको अडियो २ महिनाअघि नै प्राप्त गरेर पनि सरकार मौन रहनु, (२) यती समूहसँग सरकारको अविछिन्न र अराजनीतिक सम्बन्ध देखिनु, (३) अडियो भेटेपछि पनि बाँस्कोटा देशकै प्रतिभा भएको र बाँस्कोटासँग कसैको तुलना नहुने भन्दै प्रधानमन्त्रीले तारिफ गर्नु, (४) मन्त्रीबाट राजीनामा दिएपछि सल्लाहकारकै टीमले बाँस्कोटालाई बालकोट र्पुयाउनु र (५) बाँस्कोटाले प्रधानमन्त्रीको निवास बालकोट नछोड्नु र उनलाई छोड्न नभन्नु। यी पाँच कारणले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रक्रियामा पूर्वमन्त्री बाँस्कोटा मात्र दोषी थिए भन्न मन मानेन। जनता यी यक्ष प्रश्नको जवाफ खोजिरहेछन्।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण १० २०७६०३:२२:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend