काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ओली सरकारलाई बर्खास्त गर्न आह्वान गरेको छ ।
नेपाली जनताका नाममा अपिल जारी गर्दै विप्लवले देशका लागि अभिशाप बनेको ओली सरकारविरुद्ध उत्रिएर बर्खास्त गर्न आह्वान गरिएको छ ।
महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा घुसकाण्डमा मुछिएका ओलीका असली चेलाका कारण देश लज्जित भएको दाबी गरिएको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घुस) मागेको विषयले देश तरंगित भएको । केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ ।’
विप्लवले विज्ञप्तिमार्फत सेक्युरिटी मेसिन खरिद काण्डमा प्रधानमन्त्री ओलीकै संलग्नता हुनसक्ने आशंका समेत गरेका छन् । विज्ञप्तिमा विप्लवले उल्लेख गरेका छन्, ‘ठूलो आकारको जहाजकाण्ड आदिमा प्रम ओलीकै संलग्नता देखिन्छ । तसर्थ यस्तो भ्रष्ट, कमिसनखोर र राष्ट्रघाती सरकारको बर्खास्तीका लागि सम्पूर्ण क्रान्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आ–आफ्नो मोर्चाबाट उत्रन पार्टी विशेष अपिल गर्दछ ।’
केपी ओली नेतृत्वको सरकार राष्ट्रघात, जनघात र फाँसीवादमा चुर्लुम्म डुबेको विप्लवको निष्कर्ष छ ।
यस्तो छ विज्ञप्ति :
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।