आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

घुसकाण्डमा केपी ओलीलाई गगन थापाको कडा धम्की, नेकपाभित्र तनाव !

घुसकाण्डमा केपी ओलीलाई गगन थापाको कडा धम्की, नेकपाभित्र तनाव !

  • शुक्रवार, फाल्गुण ९ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोकुल बाँस्कोटाको घुसकाण्डमा कडा धम्की दिएका छन् । घुसकाण्डमा प्रधानमन्त्री ओलीको संलग्नता नरहेको पुष्टि नहुँदासम्म कांग्रेसले मुद्दा रफादफा नगर्ने घोषणा गरिएपछि नेकपालाई तनाव भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा गोकुल बाँस्कोटाले घुस मागिरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामा दिएका छन् । तर कांग्रेसले घुसकाण्डमा ओलीको समेत संलग्नता हुनसक्ने आशंका गरेपछि यो विषय लम्बिने देखिएको छ । कांग्रेसले घुसकाण्डमा बाँस्कोटाले राजीनामा दिएर मात्र नहुने भन्दै प्रधानमन्त्री ओलीको संलग्नता नरहेको पुष्टि नभएसम्म घुस प्रकरण नरोकिने जनाएको छ । संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभा अवरुद्ध गरेको कांग्रेसले ओलीको संलग्नतालाई लिएर सवाल उठाउने भएको छ । सांसद थापाले बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीमाथि गम्भीर प्रश्न खडा भएकाले दूधको दूध र पानीको पानी नभएसम्म घुसकाण्ड नसेलाउने बताए । ‘अब गोकुल बाँस्कोटाको राजीनामाको कुराले मात्र हैन, यसको सबैभन्दा महत्त्वपूर्ण कुरा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म हामी आश्वस्त हुने कुरा रहँदैन । हुँदैन,’ सांसद थापाले भने, ‘हामी भनेको यो कुनै पार्टी विशेषको कुरा मात्र हैन । देश यो कुरामा आश्वस्त हुनुपर्छ कि प्रधानमन्त्रीको संलग्नता बिना र प्रधानमन्त्रीको जानकारी बिना यो कुरा भइरहेको थियो भन्ने कुरा जुन अहिले भइरहेका तथ्यहरू जोडेर हेर्दै गर्दा त्यस्तो मान्न सक्ने अवस्था छैन । त्यसैले यो विषय सामान्य ढंगबाट रफादफा हुन्छ, गोकुल बाँस्कोटाको राजीनामा जान्छ, त्यसपछि एउटा छानबिनको प्रक्रियामा जान्छ भन्ने कुराले मात्रै यो विषय टुंगिन्न । हामी आश्वस्त नहुने बेलासम्म यो जबसम्म दूधको दूघ पानीको पानी हुँदैन तबसम्म यो विषय यो प्रकरण टुंगिन्न ।’ घुसकाण्ड यत्तिकै तुहिने भन्ने भ्रममा नबस्न समेत सांसद थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । संसद अवरुद्ध गर्दै कांग्रेसले बाँस्कोटाको राजीनामा ठूलो कुरो नभएको भन्दै घुसकाण्डको सत्यतथ्य छानबिनका लागि समेत माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ९ २०७६०१:०७:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend