आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीको घर पुगेर गोकुल बाँस्कोटाले गरे भित्रि रहस्य खुलासा, अब अख्तियारले गर्छ !

ओलीको घर पुगेर गोकुल बाँस्कोटाले गरे भित्रि रहस्य खुलासा, अब अख्तियारले गर्छ !

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 6.7K
    SHARES

  • काठमाडौं – घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको निजी घर बालकोट पुगेर भित्रि रहस्य खुलासा गरेका छन् । बिहीवार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका बाँस्कोटाले साँझ बालकोट पुगेर अडियो घुस काण्डबारे मुख खोलेका छन् । राजनीतिक व्यक्तिमाथि प्रश्न उठेकाले नैतिकताको आधारमा राजीनामा दिएको बाँस्कोटाको स्पष्टोक्ति छ । ‘जब प्रश्न उठ्यो, ठिक होला बेठिक होला, सत्य होला, असत्य होला एनिमेसन होला, के–के होला, सात वटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो,’ उनले भने, ‘तर जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ, उसले यसमा अप्ठ्यारो मान्नु नै हुँदैन, ढ्याक्क राजीनामा दिने हो ।’ घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, संसद र पार्टीले छानबिन गरेर घुसबारे सत्यतथ्य स्पष्ट पार्ने दाबी गरेका छन् । ‘यसमा अब अख्तियार, सीआईबी, संसद र पार्टीले पनि छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नुपर्छ,’ उनले भने, ‘मेरा बारेमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको छु ।’ प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएपछि ओलीकै प्रेस सल्लाहकार सूर्य थापाको गाडी चढेर बाँस्कोटा बालकोट पुगेका थिए । बाँस्कोटाले उनको गाडी र उनका सुरक्षा गार्डलाई बालुवाटारमा छोडेर निस्किएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा सञ्चारमन्त्री बाँस्कोटा र स्वीस कम्पनीका नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच भएको ‘बार्गेनि’को अडियो सार्वजनिक भएपछि बाँस्कोटा विवादमा परेका थिए । सरकारले सुरूमा स्वीस कम्पनी ठेक्कालाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०३:१४:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend