आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारको दादागिरीले सीमा नाघ्यो !

ओली सरकारको दादागिरीले सीमा नाघ्यो !

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको दादागिरीले सीमा नाघेको छ । मन्त्री गोकुल बाँस्कोटा घुसकाण्डमा मुछिएपछि विक्षिप्त भएको ओली सरकारले दादागिरी देखाउन थालेको छ । बाँस्कोटा ७० करोड कमिसन काण्डमा मुछिएर कानूनी दायरामा ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता कार्यकर्तामाथि कम्युनिस्ट सरकारको प्रहरीले लाठीको वर्षा गरेको छ । काठमाडौंको प्रदर्शनी मार्गमा भएको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायत दर्जन बढी नेता कार्यकर्ता घाइते भएका छन् । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका इकाई सचिव योगेन्द्र रावलले घाइतेको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको बताए । महामन्त्री थपलिया गम्भीर घाइते भएका उनले बताएका छन् । बिहीबारै अपराह्न काठमाडौंको त्रिभुवन विमानस्थलको मूलद्वारमा नेविसंघ आवद्ध विद्यार्थीहरूले शान्तिपूर्ण रुपमा कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायत विद्यार्थी घाइते भएका छन् । शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गीक अधिकारमाथि कम्युनिस्ट सरकारले ठाडो हस्तक्षेप र दादागिरी देखाएको नेपाली कांग्रेसले जनाएको छ । घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र उदांगो बनाएको कांग्रेसले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०१:५९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend