काठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएपछि ओली सरकारमा रहेका दुई कम्युनिस्टले मौकाले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडालाई दिएकी छन् । बाँस्कोटाको राष्ट्रियसभा सदस्य पद फागुनमै सकिने भएकाले उनी पनि केही हप्ताका मन्त्री हुन् ।
सरकारले खरिद गर्न लागेको सेक्युरिटी प्रिन्टिङ प्रेसमा कमिसन खोज्दै बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएपछि खतिवडाले सञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।
स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो संवाद बुधबार राति सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका हुन् । बास्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।
ओलीले खतिवडा र नेम्वाङलाई थप जिम्मेवारी दिँदै आफ्ना विश्वासपात्र मन्त्रीका रुपमा चिनाएका छन् । यसअघि विश्वासपात्र मन्त्री बाँस्कोटाले दुई मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।