काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि त्यसको विरोधमा साझा पार्टीले काठमाडौंको बालुवाटारमा भब्प्रय दर्शन गरेको छ ।
साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएर सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे । घुसखोर, कमिसनखोर र विचौलियालाई जेल हाल, जनताको पैसामा कमिसन खाने मन्त्रीलाई कारबाही गर, जनतालाई हेप्नी ? लगायतको नारा लेखेको प्लेकार्ड बोकेर बिरोध गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।