काठमाडौं - नेपाल विद्यार्थी संघका कार्यकर्ताहले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाएका छन् ।
कञ्चनपुरबाट राजधानी फर्कदै गर्दा मन्त्री बाँस्कोटालाईै विमानस्थलमा कालो झण्डा देखाएको नेविसंघका महामन्त्री दिपक भट्टराईले मिडिया डबलीलाई जानकारी दिए ।
कालो झण्डा देखाउने क्रममा नेविसंघका नेता विष्णुहरि खड्कालाई पक्राउ गरेको छ । नेविसंघले सचारमन्त्रीले राजीनामा नदिएसम्म प्रतिरोधमा उत्रिरहने बताएको छ ।
सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनको विरोध गर्दै नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।