काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका छन् । बिहीबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग ७० करोडको कमिसनका लागि मन्त्री बाँस्कोटाले मोलतोल गरेको भनिएको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए ।
कांग्रेस सांसदहरु उठेर विरोध जनाएपछि सभामुख सापकोटाले भने, ‘मलाई अनौपचारिक रुपमा आएको जानकारीअनुसार मन्त्री बाँस्कोटाले राजीनामा दिइसक्नु भएको छ ।’
स्मरण रहोस यो अडियो प्रस्ताव अस्विकृत भएलगत्तै स्विस कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाईसकेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।