आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

घुसकाण्डमा नाङ्गिएपछि यस्तो चलाखी गर्दैछन् गोकुल बाँस्कोटा

घुसकाण्डमा नाङ्गिएपछि यस्तो चलाखी गर्दैछन् गोकुल बाँस्कोटा

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं– ७० करोड कमिसन मागेका संचारमन्त्री गोकुल बास्कोटा यति बेला अप्ठ्यारो अवस्थामा छन्। उनले राजिनामा देलान वा नदेलान? अहिले सर्वाधिक चासोको विषय यही हो। तर, उनी आफैंले भने दुई प्लान बनाएका छन्। कैलालीको धनगढी विमानस्थलबाट विमानमार्फत बाँस्कोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएर उनी सिधै बालुवाटार जानेछन् । बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँस्कोटालाई बालुवाटार बोलाउने सल्लाह गरेका छन् । तर विवादमा मुछिएका मन्त्री बाँस्कोटा सहजै राजीनामा दिने मनस्थितिमा छैनन् । स्रोतका अनुसार आफूमाथि लागेको आरोपबारे प्रधानमन्त्री ओलीलाई प्रस्ट पार्ने ‘प्लान ए’ बाँस्कोटाले बनाएका छन् । पहिलो प्लानमा उनले अध्यक्षद्वयलाई आफू निर्दोष रहेको स्पष्ट पार्ने कोसिस गर्नेछन्। उनले ओली र प्रचण्डलाई कन्भिन्स गर्ने आशा लिएका छन्। अध्यक्षद्वयलाई मनाउन सकेमा बाँस्कोटाको मन्त्री पद जाने सम्भावना टर्नेछ । तर अध्यक्षद्वय बाँस्कोटाको कुरामा सहमत भएनन् भने उनले राजीनामा दिनुपर्नेछ । त्यो उनको दोस्रो प्लान हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०८:३२:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend