काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संचारमन्त्री गोकुल बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि ध्यानाकर्षण भएको बताएको छ ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएलगत्तै कांग्रेसले पत्रकार सम्मेलन गरेर राजिनामा माग गरेको हो।
पत्रकारसम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले बाँस्कोटाको राजिनामासँगै सेक्युरिटी प्रेस खरिद प्रक्रियाका नेपथ्यमा को–को संलग्न छन्, सबैलाई छानविन गर्नुपर्ने बताए। उनले सार्वजनिक भएको अडियोमा मन्त्रीले कर्मचारीलाई अपश्व्द बोलेको भन्दै आपत्ति समेत जनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भन्ने गरेको भन्दै शर्माले प्रश्न गरे, ‘अनुहार नहेरेपनि सुन्न त सुन्नुहुन्छ होला नी! प्रधानमन्त्रीले संचारमन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।