आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बास्कोटालाई खतिवडाको दनक : भ्रष्टाचार देखिएपछि पनि टेलिभिजनमा अनुहार देखाउन लाज लाग्दैन ?

बास्कोटालाई खतिवडाको दनक : भ्रष्टाचार देखिएपछि पनि टेलिभिजनमा अनुहार देखाउन लाज लाग्दैन ?

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 8.1K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले नैतिकताका रुपमा पदबाट राजीनामा दिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई सुझाव दिएका छन् । प्रेस नोट जारी गरेर खतिवडाले सेक्युरिटी प्रेसमा भएको आर्थिक अनियमितता र कमिशनको बार्गेनिङसम्बन्धमा कुराकानीको रेकर्ड सार्वजनिक हुँदा समेत मन्त्री बास्कोटा चुपचाप बस्नुलाई आपत्तिजनक मानेका छन् । उनले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएर ७० करोड प्रकरणलाई छानविन र अनुसन्धानका लागि बास्कोटाले मार्गप्रस्त गरिदिनुपर्ने बताए । ‘भ्रष्टाचारसम्बन्धी अडियो सार्वजनिक हुँदा समेत लाज नमानेर पत्रकार सम्मेलन गरेर टेलिभिजनमा अनुहार देखाउने रहर लागेको छ होला’, खतिवडाले भने, ‘तपाइले छिटोभन्दा छिटो राजीनामा दिएर नैतिकता देखाएकै राम्रो हुन्छ ।’ जनताले कम्युनिस्टहरूलाई विश्वास गरेर दिएको जनमतको कदर हुन नसकेको कुरा मन्त्री बास्कोटाको ७० करोडको प्रकरणले छर्लङ्ग बनाएको नेपाली कांग्रेसका नेता खतिवडाले बताए । उनले जनताको अभिमत र विश्वासलाई बास्कोटाले सत्तरी करोडमा लगेर मिसाएको बताए । नेता खतिवडाले मन्त्री बास्कोटालाई बचाउनका लागि झण्डै दुईतिहाइको सरकार लाग्ने हो कि भनेर चिन्ता जनाएका छन् । उनले भने, ‘बालुवाटार प्रकरणमा मुख्य दोषी ठानिएकाहरूलाई सफाइ दिइएको छ । यती समूहको काण्ड दबाइएको छ । वाइडबडी र न्यारोबडीका दोषीलाई लुकाइएको छ । मेरा मित्र गोकुलजीलाई पनि बचाउन के बेर ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०६:३५:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend