आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

घुसकाण्डमा फसेका गोकुल बाँस्कोटाले खोले मुख, यसरी स्वीकारे काण्ड !

घुसकाण्डमा फसेका गोकुल बाँस्कोटाले खोले मुख, यसरी स्वीकारे काण्ड !

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस मागिरहेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले मुख खोलेका छन् । स्वीस कम्पनीसँग ७०–७५ करोड रुपैयाँ कमिसन लाग्दै बार्गेनिङ गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएको छ । ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले कुनै गल्ती नगरेको दाबी गरेपनि अडियोमा रहेको आवाज आफ्नै भएको घुमाउरो तरिकाले स्वीकारेका छन् । उनले आफूसँग विभिन्न मान्छेले घुसको प्रस्ताव गर्ने गरेको र काम नभए सार्वजनिक गर्ने गरेको बनाए । ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, १–२ दिन मजा लिन दिनुस्,’ कञ्चनपुरमा रहेका उनले भने, ‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन् । नभए के हुन्छ देखिहाल्नुभयो । त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला ।’ मन्त्री रहेकाले आफूलाई घुसका लागि धेरै प्रस्ताव आउने गरेको पनि बताएका छन् । ‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन् । आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला,’ उनले भने । काठमाडौं फर्केर अडियो रेकर्डबारे ३ बजे पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिने मन्त्री बास्कोटाले बताएका छन् । ‘अडिओबारे के कसो हो भन्ने दिउँसो बोल्छु,’ उनले भने । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश शर्मासँगको कमिसन कुराकानी अडियो रेकर्ड हाम्राकुरा डटकमले सार्वजनिक गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०४:४२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend