आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संचारमन्त्री बास्कोटाको अडियो सार्बजनिक भएपछी कांग्रेसले मुख खोल्यो, दियो यस्तो चेतावनी

संचारमन्त्री बास्कोटाको अडियो सार्बजनिक भएपछी कांग्रेसले मुख खोल्यो, दियो यस्तो चेतावनी

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौ‌ - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई बर्खास्त गर्न माग गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा पहिलेदेखि नै अनियमितता भएको विषयमा समाचार आइरहे पनि सञ्चारमन्त्री बास्कोटाको ७० करोड कमिसन सेटिङ अडियो टेपले त्यसलाई प्रमाणित गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग बिज्ञप्ति जारि गर्दै माग गरेका हुन् । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ । ७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ञहाम्रा कुराझ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ, कांग्रेसले जारि गरेको बिज्ञप्तिमा भनेको छ । ‘सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यू, इन्तु,परन्तु, किन्तुको अर्थ छैन । न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस् । बांकी छलफल अनुसन्धानको प्रक्रियामा,’ शर्माले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०४:३५:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend