काठमाडौँ- सामसुङ मोबाइलका लागि आधिकारिक बिक्रेता आईएमएसले आफ्ना अधिकांश आईएमएस स्मार्ट शोरुमहरुमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको छ ।
यस सुविधाअन्तर्गत सामसुङका प्रयोगकर्ताहरुले नयाँ सामसुङ स्मार्टफोनका लागी आफ्नो पुरानो सामसुङ स्मार्टफोनहरु एक्सचेन्ज गर्न सक्नेछन् । साथै ग्राहकहरुले अब आफ्ना पुराना सामसुङ स्मार्टफोनहरुमा राम्रो मूल्यांकन प्राप्त गर्न सक्नेछन् ।
यो सुविधा लिन इच्छुक ग्राहकहरूले आईएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनुपर्नेछ ।
कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्यांकन वेब पोर्टलमार्फत दिनेछ साथै एक्सचेन्ज फारम भर्न अनिवार्य छ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्टफोन छनौट गर्न सक्नेछन् ।
कम्पनीका अनुसार काठमाडौंको न्युरोड, रोयल सिङ्गी होटेल आर्केड, कमलादी, पिपल्स प्लाजा, खिचापोखरी, शेर्पामल, दरवारमार्ग, पीपलबोट चोकको नजिक, बौद्धको आउटलेट तथा ललितपुरको अल्का अस्पतालनजिक, जावलाखेलबाट उक्त सेवा लिन सकिनेछ । साथै कम्पनीले क्रमशः अन्य स्थानहरूमा पनि सुविधा विस्तार गरिने बताएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।