काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले कम्युनिस्ट सरकारले हरेक निकायमा हस्तक्षेप गरेर लोकतान्त्रिक अधिकार खोस्ने प्रयास गरेपनि कांग्रेसले पूरा नहुने नदिने चेतावनी दिएका छन् ।
धरानमा बुधवार कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राणाले प्रजातन्त्र दिवसका दिन लोकतन्त्रको रक्षाका लागि सबैले प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।
‘लोकतन्त्रको रक्षा कांग्रेसले मात्रै गर्छ,’ उनले भने, ‘कम्युनिस्टहरूमा बहुमतको दम्भले गर्दा अहंकारी बनेका छन् ।’
युवा नेता राणाले प्रजातन्त्रलाई सिध्याउन नेकपाको सरकारले संवैधानिक निकायमा हस्तक्षेप गरेको दोहोर्याए ।
उनले यस्तै अवस्था रह्यो भने कांग्रेस सडकमा आएर लोकतन्त्रका रक्षा गर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।