काठमाडौँ- पछिल्लो समयमा गीतसंगीतमा आफ्नै स्थान बनाइसकेका मोडल, निर्देशक र कोरियोग्राफर सुनिल क्षेत्रिको धेरै भिडियोले बजार तताएका छन् ।
हिट भएर फल्प हुनुभन्दा फिट भएर सबैलाई खुसी पार्न सकौ बताउने क्षेत्रिले गीतले खोजे जस्तै भिडियोमा उतारेकै कारण नै अहिले चर्चामा रहेका हुन् ।
मोडल क्षेत्रिले अभिनय गरेको बैश, भिर्नी झोलामा, अर्गानिक फल, फिलिली, मन पराउछौ, सन्चो होला कि, अमिलो अम्चुर, कान्छा कान्छी, उकाली, सयको गुन तिरौम्ला हजारैले जस्ता दर्जनौ गीतहरु सबैको मन मुटुमा बस्न सफल भएका छन ।
उनीले अभिनय गरेको पाउरोटी नामक रोमान्टिक गीतको ट्रेजर बजारमा आएको केहि घण्टामा नै चर्चा बटुल्न सफल भएको छ । गायिका मेलिना राई र सुमन डागीको आबाजमा रहेको गीतमा हरि थापाको शब्द संगीत रहेको छ ।
मोडल क्षेत्रिले उक्त गीतको भिडियोको लागि आफ्नो कपालनै काटेर गीतले खोजे जस्तै भिडियो बनाएका छन् । उक्त भिडियोमा मोडल क्षेत्रिलाई स्नेहा केसीले अभिनयमा साथ् दिएकी छिन् ।
गीतलाई स्मिता स्नेहा इन्टरटेन्टमेन्ट नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ। नबराज उप्रेतीको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।