बुधवार, फाल्गुण ७ २०७६
काठमाडौं– महानगरीय प्रहरी वृत्त सिंहदरबारमा आफूलाई सलाम नगरेको भन्दै प्रहरी निरीक्षकले एक जना जवानलाई कुट्न खोजेका छन्।
प्रहरी निरीक्षक विक्रम सुवेदीले वृत्तमा कार्यरत प्रहरी जवान बलबहादुर विश्वकर्मामाथि गालीगलौज गर्दै कुटपिटको प्रयास गरेका हुन्।
सोमबार बिहान सादा पोशाकमा आएका प्रहरी निरीक्षक सुवेदीलाई विश्वकर्माले सलाम गरेका थिएनन्। चेन अफ कमाण्डमा चल्ने प्रहरी संगठनमा जुनियर कर्मचारीले सिनियरलाई सलाम गर्ने प्रचलन छ।
सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकीले यस विषयमा अनुसन्धान गरिने बताएका छन्। प्रहरी निरीक्षक सुवेदी र जवान विश्वकर्माबीच अन्य विषयमा मतभेद रहेको स्रोतले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।