आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुनको भाउ सगरमाथाको यात्रामा, कायम भयो अहिलेसम्मकै नयाँ रेकर्ड

सुनको भाउ सगरमाथाको यात्रामा, कायम भयो अहिलेसम्मकै नयाँ रेकर्ड

  • बुधवार, फाल्गुण ७ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं– मंगलबार सुन अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा प्रतितोला छापावाल सुन ७६ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।

    यस अघि गत २३ पुसमा सुनको मूल्य ७६ हजार पाँचसय रुपैयाँमा कारोबार एको थियो। मंगलबारको मूल्यले यसअघिका सबै रेकर्ड तोडेको हो।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेका कारण यसको असर नेपाली बजारमा पनि परेको हो। खासगरी अमेरिका, इरान, भारत र उत्तर कोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

    अन्तर्राष्ट्रिय बजारमा हाल सुनको मूल्य प्रतिऔँस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमान छ। मंगलबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण ७ २०७६०३:०१:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend