काठमाडौं – नेपालका पुराना कम्युनिस्ट नेता तथा अहिलेका कम्युनिस्टहरूका ‘गुरु’ मोहनविक्रम सिंहले एमसीसीको पक्षमा उभिएर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अमेरिकी सेवालाई ध्यान दिएको सनसनीपूर्ण खुलासा गरेका छन् ।
नेकपा मसालका महासचिव समेत रहेका सिंहले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदले अस्वीकार गर्नुपर्ने राय दिएका छन् ।
महासचिव सिंहले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको र एमसीसीको उद्देश्य अमेरिकाको सेवा गर्नु रहेको खुलासा गरेका छन् ।
‘स्वयं अमेरिकाका उच्च अधिकारी र अमेरिकी दूतावासले समेत त्यो इन्डो प्यासिफिककै अंग भएको कुरा सार्वजनिक गरिसकेका छन्,’ सिंहले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘एमससीलाई इन्डो प्यासिफिक रणनीतिको अंग होइन भनेर चोख्याएर संसदद्वारा पारित गराउने सरकारको प्रयत्नलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दै त्यसको कडा शब्दमा विरोध गर्दछ ।’
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको एमसीसी अध्ययन कार्यदलले एमसीसी सम्झौतालाई अस्वीकार गर्न राय दिनुपर्ने महासचिव सिंहको सुझाव छ । कम्युनिस्ट प्रधानमन्त्री ओली भने एमसीसीलाई संसदबाट पारित गराउन खुलेआम लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।