काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सोलुखुम्बुका गाउँ प्रवेश गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पहिरो गएको छ ।
जिल्लामा महामन्त्री कोइराला सहभागी कार्यक्रममा नेकपाका नेता कार्यकर्ता पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।
जिल्लाको थुलुङदूधकोशी गाउँपालिकामा नेकपा लगायत अन्य विभिन्न पार्टीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसको थुलुङदूधकोशी गाउँपालिका कार्यसमितिले मुक्लीमा सभा आयोजना गरेको थियो ।
कार्यक्रममा नवप्रवेशी राजनीति कार्यकर्तालाई महामन्त्री कोइरालाले टिका लगाउँदै पार्टीमा स्वागत गरेका छन् । महामन्त्री डा. कोइरालाले वर्तमान कम्युनिस्ट सरकार र नेकपासँग सर्वसाधारणको आशा र विश्वाश मरेको बताएका छन् । उनले आफू देशव्यापी भ्रमणमा रहँदा कांग्रेसप्रति आकर्षण बढेको देखेको जनाएका छन् ।
महामन्त्री कोइरालाले कम्युनिस्टबाट देशको विकास नहुने निश्चित भएकाले देशभर कांग्रेसलाई एकजुट बनाउँदै देश निर्माणमा लाग्नुपर्ने बताएका छन् । डा. कोइरालाले नेपालमा कृषि, पर्यटन र जलविद्युत् लगायत प्रचुर सम्भावना भएपनि कम्युनिस्टका कारण देश गरीब भएको बताए ।
पार्टी केन्द्रीय सदस्य बलबहादुर केसीले कम्युनिस्ट सरकार बनेपछि सोलुखुम्बुमा विकास निर्माणका काम रोकिएको बताए । नेता केसीले कांग्रेस पराजित हुँदा जनताले दुःख पाएको र स्थानीय तहमा भ्रष्टाचार बढ्नु चिन्ताको विषय भएको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।