काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अपराधमा सजाय तोकिएका ३२९ जना अपराधीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकी छन् ।
भोलि फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसर ओली सरकारको सिफारिसमा राष्ट्रपतिले भोलि बुधवारदेखि लागू हुने गरी प्रकाश थेवे समेत ३२९ जनालाई कैद माफी दिएकी छन् ।
राष्ट्रपति कार्यालयले मंगलवार जारी गरेको विज्ञप्तिमा प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा कैद माफ गरिएको जनाइएको छ ।
बुधवार ७० औं प्रजातन्त्र दिवस मनाइँदैछ भने दिवसको अवसरमा सरकारले बर्सेनि असल चालचलन भएका कैदीहरूको कैद मिनाहा गरेर रिहा गर्ने गरेको छ । तर यस्तो अभ्यास पटक–पटक विवादमा पर्ने गरेको छ ।
राजनीतिक पहुँच र अमुक पार्टी निकट व्यक्तिहरू राष्ट्रपतिबाट कैद माफ भएपछि पुनः अपराध कार्यमा संलग्न हुनसक्ने भएकाले कैद माफीको निर्णय आलोचित हुँदै आएको छ । असल चालचलनका नाममा ओली सरकारले कम्युनिस्ट पार्टी निकटका अपराधीलाई उन्मुक्ति दिएको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।