आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रेडक्रसको भ्रष्टाचार काण्डमा तानिए कम्युनिस्ट गृहमन्त्री बादल !

रेडक्रसको भ्रष्टाचार काण्डमा तानिए कम्युनिस्ट गृहमन्त्री बादल !

  • मंगलवार, फाल्गुण ६ २०७६

  • 8.6K
    SHARES

  • काठमाडौं – कल्याणकारी काम गर्ने संस्थाका रुपमा परिचित नेपाल रेडक्रस सोसाइटीभित्र भएको भनिएको भ्रष्टाचार काण्डमा कम्युनिस्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ तानिएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीका आधारमा छानबिनका लागि गृहमन्त्री थापा बोलाइएका छन् । रेडक्रस सोसाइटीको नेतृत्वबाट भ्रष्टाचार भएको भन्दै समितिमा उजुरी परेपछि छानबिन प्रारम्भ गर्न गृहमन्त्री थापालाई बोलाउने निर्णय संसदीय समितिले गरेको छ । अनुसन्धानको सुरूमा गृहमन्त्रीलाई बोलाएर छलफल गर्न लागिएको संसदीय समितिका सदस्य लालबाबु पण्डितले बताए । गृहमन्त्री थापाको कुरा सुनेपछि समितिले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाइएको छ । संसदीय समितिमा परेको उजुरीमा रेडक्रसको नेतृत्वलाई तत्काल बर्खास्त गरेर छानबिन गर्न माग गरिएको छ । सेवामूलक संस्था रेडक्रस सोसाइटीका अध्यक्षले मासिक १ लाख २५ हजार रुपैयाँसम्म भत्ता लिने गरेको उजुरी समितिमा परेको छ । समितिको उजुरीका अनुसार अन्य पदाधिकारीले ३५ हजारदेखि ४० हजार रुपैयाँसम्म भत्ता पाउने गरेका छन् । भूकम्पबाट प्रभावित भएका जिल्लामा काम गर्ने रेडक्रसका पदाधिकारीले मासिक ८ देखि १५ हजार रुपैयाँसम्म भत्ता खाने गरेको उजुरीमा उल्लेख छ । रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले विधान संशोधन नगराएरै प्रदेश तदर्थ समिति गठन गरेको समेत पाइएको छ । गैरसरकारी संस्थाको नियमन गर्नुपर्ने गृहमन्त्रीले उजुरीका सम्बन्धमा किन चासो दिएनन् भनेर सांसदहरूले जवाफ माग्ने समिति स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०७६०२:१४:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend