आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मलेसियाको हेरिटेज पेजेन्टसमा नेपालको प्रतिनिधि परिन्दा र परिसा

मलेसियाको हेरिटेज पेजेन्टसमा नेपालको प्रतिनिधि परिन्दा र परिसा

  • मंगलवार, फाल्गुण ६ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं - अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘२०२०’मा परिन्दा श्रेष्ठ (परि) र परिसा रानाभाटले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । उक्त प्रतियोगितामा श्रेष्ठले मिसेस र रानाभाटले मिस तर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । हेरिटेज पेजेन्टसका लागि आधिकार प्राप्त संस्था ग्रिनआर्ट मिडियाले मंगलबार पुल्चोक स्थित भिभान्त होटलमा कार्यक्रमको आयोजना सहित दुबै प्रतियोगी सार्वजनिक गरेको हो । सो अवसरमा ग्रिन आर्ट मिडियाले दुबै प्रतियोगीलाई ‘हेरिटेज पेजेन्टस नेपाल २०२०’को क्राउन समेत लगाइदिएको थियो । इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले पानमा बत्ती बालेर सुरु भएको कार्यक्रममा पुर्व प्रतियोगी मिसेस दुर्गा बिसुराल, मिस अदीति बुढाथोकी, मिसेस मन्जु ढकाल लगायतको उपस्थिती रहेको थियो । केही दिन अगाडि राजधानीमा आयोजित ‘हेरिटेज पेजेन्टस नेपाल’को प्रारम्भिक अडिसनबाट दुबै प्रतियोगी छानिन सफल भएका हुन् । अडिसनमा बिवाहित तथा अबिवाहित गरेर २०० बढी महिलाको सहभागीता रहेको थियो । ‘हेरिटेज् पेजेन्टस् २०२०’ मलेसियामा आउँदो अप्रिल ११देखि २० अप्रिलसम्म आयोजना हुदैछ । नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरुको प्रतियोगितामा सहभागीता रहनेछ । प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले इप्लानेट प्रा.लिले आयोजना गर्दै आएको हो । नेपाली कोरियोग्राफर रोजिन शाक्य र बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको कोरियोग्रफी रहने प्रतियोगीता आयोजनाको उदेश्य बिश्वको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको आयोजक इप्लानेट प्रा.लिका अध्यक्ष सन्तोष सापकोटाले बताए । ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४ बाट सुरु भएको हो । पहिलो संस्करण नेपालमा आयोजना भएको प्रतियोगिता भारतको नयाँदिल्ली, श्रीलंकामा, सिंगापुर हुदै अहिले मलेसियामा आयोजना हुँन लागेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०७६१२:३३:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend