रुकुम - रुकुमको आठबिसकोट नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) देखि आजित भएका दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
साबिकको आठबिसकोट वडा बाट नेकपा परित्याग गरि ५० जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस आठबिसकोट नगरपालिका वडा नम्बर ७ का सभापति अर्जुन के सीका अनुसार नेपाल कम्युनिस्ट पार्टी परित्याग गर्नेहरुमा नेकपा टोल इन्चार्ज (अध्यक्ष) नन्दबिर बोहरा सहित ४ जना, सुर्या नारायण रोकाया सहित ३ जना डाँफे बाट, जनक रोकाया सहित २ जना डाँफे बाट, भरत रोकाया र चन्द्रा आरसि सहित ३ जना साउनेपानी बाटबअजे बुढा सहित ६ जना गाँराबाट, भारत रोकाया सहित २ जना माथिल्लो डाँफे बाट,जय बहादुर परियार सहित ११ जना दाजे बाट र नेकपा टोल सचिब दिपक बुढा सहित ४ जनाको संयुक्त टोलीे संगै ५० जनाले नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।
नेकपा बाट रुष्ट र असन्तुष्ट भएका उनिहरुलाई नेपाली कांग्रेस वडा नम्बर ७ को वडा कमिटीले स्वागत गरेको छ।
कांग्रेस अहिले नगरपालिका अन्तर्गतका वडा कमिटी र टोल कमिटीमा संगठन बिस्तारमा जुटिरहेको सभापति केसिले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।