आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वस्थानी च्यात्ने धम्की दिने कम्युनिस्टलाइ कांग्रेसका मुस्लिम सांसदले दिए धमाकेदार जवाफ

स्वस्थानी च्यात्ने धम्की दिने कम्युनिस्टलाइ कांग्रेसका मुस्लिम सांसदले दिए धमाकेदार जवाफ

  • मंगलवार, फाल्गुण ६ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले हिन्दूधर्ममाथि संसदभित्र विभिन्न टिकाटिप्पणी भएको भन्दै चिन्ता जनाएका छन् । संसदको मंगलबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद मुसलमानले धर्म सम्प्रदायका विषयमा टिकाटिप्पणी गर्दा सदनको गरिमा ओझेलमा पर्ने बताए । ‘हामी जनप्रतिनिधिले यो सम्मानित सदनभित्र विभिन्न धर्महरूका व्यक्तिहरूको मत प्राप्त गरेर आएका छौँ’, उनले भने, ‘ती धर्महरूका बारेमा टिकाटिप्पणी गर्दा यो सदनको गरिमा कहिँ न कहिँ ओझेलमा परिरहेको छ ।’ ‘हामी विभिन्न धर्मालम्बीहरूले कुनै पनि धर्म सम्प्रदायका विषयमा सदनभित्र अनावश्यक विवाद बहसहरू नगरौँ’, सांसद मुसलमानले भने, ‘हिन्दूधर्मको बाहुल्यता भएको यो देशमा श्री स्वस्थानी माताका गाथाहरूको किताब च्यात्ने विषयहरू उठ्छ ।’ ‘यदि ऋषि पञ्चमीको महत्वपूर्ण बर्तको बारेमा विवाद खडा हुन्छ भने अर्को धर्मालम्बीहरूले त्यसका बारेमा कुरा उठाउनु जायज हुन्छ’, उनले भने, ‘हिन्दूलाई परेको पीडामा मुस्लिम आउनुपर्छ र मुस्लिमलाई परेको पीडामा हिन्दूहरू अगाडि आउनुपर्छ । यही नै हाम्रो धर्म र संस्कृति हो । राष्ट्रको समृद्धि हो ।’ केही दिन अगाडि संसदमा शून्य समयमा बोल्ने क्रममा माओवादी पृष्ठभूमि भएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद यशोदा सुबेदी गुरुङ श्री स्वस्थानीको पानाहरू च्यात्नुपर्ने बताएकी थिइन् । उनको त्यो अभिव्यक्तिको सबैतिर आलोचना भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०७६१२:०९:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend