काठमाडौं– बालुवाटार जग्गा विक्रि प्रकरणमा अख्तियारले नेकपा महासचिव विष्णु पौडेल, पूर्वप्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएको भन्दै कांग्रेस सांसद गगन थापाले व्यंग्य गरेका छन्।
उनले सरकारको छाँयामा बसेर काम गरेको भन्दै कांग्रेस सांसद गगन थापाले व्यंग्य गरेका हुन्। मंगलबार बसेको प्रतिनिधीसभा बैठकको शुन्य समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा महासचिव विष्णु पौडेल माथि व्यंग्य गरेका हुन्। उनले स्वस्थानी व्रत कथाकै शैलीमा कथा सुनाउँदै व्यंग्य गरेका थिए।
यस्तो छ संसदमा गगनले गरेको व्यंग्य
कुमारजी आज्ञा गर्नु हुन्छ। हे विष्णुमुनी। अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु।
थाहपाइ हाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अप्ठ्यारोमा परे हत्तपत्त सामान फर्काउनु र २ पटक विष्णुविष्णु भन्नु।
त्यसमा पनि लोकले चित्त बुझाएनन भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन्।
इति अख्तियार पुराणे कुमार विष्णु संवादे । स्वस्थानी ब्रतकथायँ। बालुवाटार प्रकरणम वर्णनाम प्रथम अध्याय धन्यवाद !
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।