काठमाडौं – भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसर पारेर गरिएको काठमाडौंमा आयोजित काव्य साँझमा मुलुकका चर्चित व्यक्तिहरूले कविता वाचन गरेका छन् ।
प्रणय दिवसको अवसर पारेर शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले गरेको ‘आई एम अ पोएट इन लभ’ नामक काव्यात्मक साँझमा विभिन्न क्षेत्रका सफल तथा चर्चित व्यक्तित्वहरूले आफ्ना प्रेमिल कविता वाचन गरेका छन् ।
शुक्रबार मोजो बुटिक होटेल, बानेश्वरमा सम्पन्न काव्यात्मक समारोहमा अनुराधा कोइराला, रुक्माङ्गत कटवाल, डा. भीमार्जुन आचार्य, बबिता बस्नेत, प्रकाश सायमी, गौरी मल्ल, कोमल वली, आयशा शाक्य, दीपाश्री निरौला, नरेश भट्टराई, रञ्जु दर्शना, डा. सुवास आचार्य, सृष्टि केसी, श्वेता खड्का तथा किशोर घिमिरेले आफ्ना प्रेममय कविता वाचन गरेका थिए ।
कार्यक्रमलाई सुगरिका केसीले होस्ट पोएटका रुपमा सञ्चालन गरेकी थिइन् । प्रतियोगिताबाट छनोटमा परेका चितवनका युवा अनिश जैसीले समेत कविता वाचन गरेका आयोजकले जनाएको छ ।
आयोजक शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरकी प्रबन्ध निर्देशकसमेत रहेकी सुगरिका केसीले कार्यक्रमले प्रेममा हरेक मानिस कवि हुन्छन् भन्ने भावनालाई अंगिकार गरेको बताइन् ।
भौतिक उपहार अस्थायी हुने तर शब्दमार्फत व्यक्त भएका भावना सदाबहार एकनाश रहने भएकाले ‘आई एम अ पोएट इन लभ’ले अभिव्यक्तिको एक लोकप्रिय रुप कविता र त्यसमा पनि आम मानिसमा उत्सुकता रहेको व्यक्तित्वलाई कविका रुपमा प्रस्तुत गर्ने जर्मको गरेको उनले बताइन् ।
काव्य साँझलाई २१ ग्रूप प्रोपर्टी डिलर्स प्रालि, प्रेकोन सर्भिसेस्, होलिस्टिक हेल्थ र मोजो बुटिक होटेलले सहयोग गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।