काठमाडौं – संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको मुद्दा लागेर पूर्व सभामुख कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतबाट निर्दाेष ठहर भएका छन् ।
जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महरालाई सोमबार सफाइ दिएको छ । अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुँदैछन् ।
गत कात्तिक १८ गतेदेखि महरा डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए । संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरा गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।
आफूमाथि गम्भीर आरोप लागेपछि तत्कालीन सभामुख महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।
निर्दाेष ठहर भएका महराको राजनीतिक भविष्य अब के हुन्छ ? कानुनी रुपमा महरालाई राजनीतिक रुपमा सक्रिय रहने स्वतन्त्रता रहेको कानुनका जानकार बताउँछन् । महरा पहिलेकै अवस्थामा पुगेका छन् ।
महराले सभामुख पदबाट राजीनामा दिएपनि उनको सांसद पद कायमै छ । अब उनी सांसदको रुपमा प्रतिनिधिसभा बैठकमा सहभागी हुन पाउने र अन्य राजनीतिक गतिविधिमा निर्वाध रुपमा सहभागी हुन पाउने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।