काठमाडौं– चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा नेकपा निकटका विद्यार्थीको दुई पक्षबी ग्याङफाइट भएको छ।
पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच झडप भएको छ । झडपको पछिल्लो श्रृङ्खलाअन्तर्गत सोमबार पूर्वमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले पूर्वएमाले निकट अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकबाट टाउकोमा रडले हानेर घाइते बनाएका छन् ।
उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनीसँगै आएका जिल्ला नेता सचित सुवेदी पनि सामान्य घाइते छन् ।
विवादका कारण तत्कालीन एमाले निकट अनेरास्ववियुका विद्यार्थी संगठनका विद्यार्थीहरु कलेज होस्टलमा समेत बस्न सक्ने वातावरण नरहेको बताएका छन् ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन । नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमति हुन नसक्दा घटनाले उग्ररुप लिन थालेको छ ।रामपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
रामपुरको घटनालाई लिएर अनेरास्ववियुका विद्यार्थीहरुले नेकपाको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
क्रान्तिकारीका विद्यार्थीहरुले केन्द्रीय सदस्य देव पाठकबाट रड प्रहार गरी घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।
पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्ष विद्यार्थीहरुले तोडेका छन् । पार्टी कार्यालयमा सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।