काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पाखरेलले कालापानीको जमिन नै नटेकी भ्रमण गरेका छन्। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पयाधुरासहितको निरीक्षणमा गएका पोखरेल त्यहाँको भूमिमा समेत नटेकी फर्किएका हुन्।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हिउँका कारण ल्याण्ड नगरी हवाई निरीक्षणमात्रै गरेको बताए।
१० जनाको टोली लिएर रक्षामन्त्री पोखरेल सोमबार बिहान बिहान ८ः४५ मा दार्चुला सदरमुकामबाट लिपुलेक प्रस्थान गरेका थिए। निरीक्षणका क्रममा करिब ४० मिनेटजति व्यास गाउँपालिकाको आकासमा बिताएका मन्त्री पोखरेले नेपाली सेनाले निर्माण गर्ने भनेको दार्चुला–तिंकर सडक, त्यही क्षेत्रमा स्थापना गर्न लागिएको बिओपीलगायतको निरीक्षण गरेका थिए।
नेपाली सेनाको हेलिकप्टरमार्फत निरीक्षणमा गएका मन्त्री पोखरेलको टोलीमा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिंह बोहरा, प्रमुख जिल्ला अधिकारी पौडेललगायत सुरक्षा अधिकारीसहित १० जना थिए।
नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ। दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्न दार्चुला गएका मन्त्री पोखरेल त्यस क्षेत्रको निरीक्षणमा निस्किएका हुन्। उनले दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मको समेत गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।