आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकार ढाल्ने षड्यन्त्र शुरु भएको डा.भट्टराईको खुलासा, छानविन शुरु

सरकार ढाल्ने षड्यन्त्र शुरु भएको डा.भट्टराईको खुलासा, छानविन शुरु

  • सोमवार, फाल्गुण ५ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं, ५ फागुन - प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सरकार ढाल्न तानाबान बुनिरहेको सूचना आएको बताएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा सल्लाहकार डा.भट्टराईले सरकार ढाल्ने षड्यन्त्र भइरहेको विषयमा अनुसन्धान जारी रहेको बताए । ‘सकिन्छ भने यो सरकारलाई ढालौँ भनेर भित्रभित्रै तानाबाना बुनिरहेका छन् भन्ने आभासहरू पाइएको छ’, उनले भने, ‘सरकार ढाल्न को–को संलग्न छन् त्यसको अनुसन्धान जारी छ । खोजीनीति जारी छ ।’ ‘सत्ताबाट बाहिर रहेका तत्वहरू वा क–कसको स्वार्थ मिलेको छ उनीहरूको संलग्नता हुन सक्छ’, डा.भट्टराईले भने, ‘पार्टीभित्रबाट सरकार ढाल्न सक्रिय भएको तत्वका विषयमा अहिले भन्न सक्दिन । यो खोजीको विषय भएको हुनाले धेरै बोल्न उचित हुँदैन ।’ ‘हामीले संविधान बनाएका छौँ । लामो एउटा अत्यन्त दुःखद् अवस्थाबाट यो ठाउँमा आइपुगेर हामीले एउटा स्थायी सरकार बनाएका छौँ’, उनले भने, ‘यो धेरैलाई पचेको छैन । मुलुकले गति लिन थालेको, मुलुकले स्थायित्व प्राप्त गर्न थाल्यो, यो स्थायित्व र यो गतिसँग कतै आफ्नो भविष्य त सिद्धिने त होइन भन्ने । मानिसले अहिले मुलुकको भविष्य हेरिरहेको छैन ।’ ‘मुलुकको भविष्य सहि तरिकाले अगाडि बढ्दा मेरो भविष्य कतै असुरक्षित त भएको छैन भन्ने विभिन्न कोणबाट, विभिन्न ठाउँका मान्छेहरूलाई मनमा चिसो पसेको छ’, उनले भने, ‘ती झस्का पसेका शक्तिहरू अहिले अस्थिरता फैलाउनका लागि लागिपरेका छन् ।’ ‘नेपाली कांग्रेसले पूर्ण रुपमा बहुमत पायो । कांग्रेसले पाएको बहुमतका बेला पनि पूर्ण समय उसले काम गर्न सकेन । गिरिजाप्रसाद कोइरालाले ०४८ सालमा पूर्ण रुपमा बहुमत पाउनुभयो’, सल्लाहकार डा.भट्टराईले भने, ‘त्यत्रो आन्दोलनको जगमा उभिएको सरकार थियो । कांग्रेसभित्र छत्तीसे र चौहत्तरे समूह खडा गरियो । अन्ततः मध्यावधीमा जानुपर्यो । मध्यावधीको निर्वाचनबाट एमालेले सरकार बनायो ।’ ‘एमालेले बनाएको सरकारलाई ९ महिना टिक्न दिइएन’, उनले भने, ‘त्यसपछि मुलुकमा अस्थिरता र अन्यौलताको स्थिति सिर्जना भयो । त्यही बेला उग्रपन्थी सोँच बोकेको माओवादीको जगमा आफ्नो भूमिका र प्रभाव आयो । जसका कारणले गर्दा मुलुक सशस्त्र द्वन्द्वको झमेलामा पनि फस्यो ।’ ‘राजनीतिक अस्थिरताको द्वन्द्वको झमेलामा पनि फस्यो । राजाले त्यही मौका छोपेर राजनीतिक शक्ति हत्याउन खोजे । आन्दोलन भयो’, डा.भट्टराईले भने, ‘नयाँ संविधान बनाउनुपर्छ । संघीयतामा जानुपर्छ भनियो । अहिले यो ठाउँमा हामी आइपुगेका छौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण ५ २०७६०४:४८:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend