सोमवार, फाल्गुण ५ २०७६
सोलुखुम्बु– विभिन्न पार्टी परित्याग गरेर सोलुखुम्बुमा सयौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन्। नेपाली कांग्रेस थुलुङदूधकोशी गाउँपालिकाले मुक्लीमा आयोजना गरेको गाउँपालिकास्तरीय बृहत खुला सभामा पार्टी प्रवेश गर्नेहरुको घुँइचो लागेको हो। स्थानीय युवा नेता भानुभक्त उपाध्यायले कांग्रेस शक्तिमा नभएको अवस्थामा पनि यति धेरै संख्यामा काँग्रेसमा प्रवेश गर्नु भनेको अहिलेको सरकारप्रतिको निराशा र भविष्यमा कांग्रेसप्रतिको आशा भएको बताए।
सभालाई सम्बोधन गर्दै महामन्त्री शशाङ्क कोइरालाले रेमिट्यान्सले धानेको मुलुकमा विदेशमा पसिना बगाउने नेपाली युवा जनशक्तिलाई देसभित्रै राखेर परिवर्तन गर्नुपर्ने बताए। कोइरालाले रेल र पानीजहाजको सपना बाँडेर मुलुक समृद्ध नहुने भन्दै निर्यातमुलक उत्पादनमा जोड दिनुपर्ने बताए।
नेता धनराज गुरुङले अहिलेको सरकार नेकपाको हो की यति होल्डिङको हो छुट्याउन नसकेको बताए। खाने तेल नभएका जनतालाई रेल र खानेपानी नपाएका जनतालाई पानीजहाजको सपना देखाएर सरकारले हावा गफ गरेको उनको आरोप थियो।
अर्का नेता गगनकुमार थापाले वर्तमान केपी ओली नेतृत्वको शक्तिशाली सरकारले दुई बर्ष खेर फालेको भन्दै सरकार पूर्ण रुपमा असफल बनेको बताए। पुर्वमन्त्री बलबहादुर केसीले स्थानीय तहका जनप्रतिनिधिहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै अब सबैले खोजी गर्नुपर्ने बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।