काठमाडौं – रोजगारीका लागि कुवेत पुगेर काम गर्ने क्रममा बालुवा र ग्राभेलको थुप्रोमा पुरिएर ज्यान गुमाउने सबै ६ जना नेपालीको सनाखत भएको छ ।
गत बुधवार कुवेतको अलमुत्ला क्षेत्रको ब्लक १ एन५मा ढल निर्माणमा कार्यरत रहेका नेपाली कामदारमाथि बालुवा र ग्राभेलको थुप्रो खस्दा ६ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमध्ये यसअघि ४ जना नेपालीको पहिचान खुलेको भएपनि आईतबारसम्म सबैको परिचय खुलेको कुवेतस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
मृतकमध्ये पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको सनाखत भइसकेको थियो भने नवलपरासीका पुर्णबहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगरको आईतबार सनाखत भएपछि राजदूतावासले नाम सार्वजनिक गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।