काठमाडौं – जबरजस्ती करणी उद्योगको मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सकिएपनि फैसला सुनाउन ढिलाई भएको छ ।
आईतबार काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ गरेपनि फैसला सोमबार मात्र सुनाउने जनाएको छ ।
आईतबार दिउँसो मुद्दाको सुनुवाइ सुरू भएदेखि नै महराको मुद्दा चर्चामा आएको थियो । महरा दोषी हुने वा निर्दाेष ठहरिने अनेक चर्चा भइरहेका बेला अदालतको फैसला सरेको हो ।
आईतबार सुनुवाई भएको बलात्कार उद्योग कसूर मुद्दामा फैसला सुनाउन समय अभाव भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताएका छन् ।
अदालतले महराको मुद्दा हेर्दाहेर्दैमा राखेको छ । भोलि फैसला आउनसक्ने सम्भावना रहेको उनले बताए ।
आईतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलाशमा सुनुवाइ भएको छ । उनको इजलाशमा आईतबार एउटा मुद्दा मात्रै सुनुवाई भएको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलिरहेको छ । महरा हाल पुर्पक्षका क्रममा डिल्लीबजार कारागारमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।