आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सहयोगी कामले मोरङमा महिला संघको हाईहाई !

सहयोगी कामले मोरङमा महिला संघको हाईहाई !

  • शनिवार, फाल्गुण ३ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं –  मोरङमा नेपाल महिला संघ कानेपोखरीले पछिल्लो समय समाजमा उल्लेखनीय काम गर्दै आएको छ । जसले गर्दा मोरङमा महिला संघले हाईहाई र चर्चा बटुलेकोे छ । नेपाल महिला संघ कानेपोखरीले आयोजना गरेको देउसीभैलो कार्यक्रम २०७६ बाट संकलित रकम मध्येबाट कानेपोखरीका असक्त तथा असहायलाई सहयोग दिने कार्यक्रम अन्तर्गत पाँचौ चरणको सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गत माघ २८ गते कानेपोखरी गाउँपालिका–२ थारुचोकका दृष्टिविहीन हेमुलाल राजवंशी तथा कानेपोखरी–४ का एकल महिला निःसन्तान आमा छोरी वर्ष ६७ फूलमाया राईकी सहाराविहीनलाई सहयोग गरिएको हो । दुवै घर परिवारलाई चामल १ बोरा, दाल २ केजी, नुन २ केजी, तेल २, बिस्कुट १ पोका सहयोग गरिएको देउसी भैलोकी संयोजक कमला योञ्जनले जानकारी गराइन् । सचिव कोपिला कार्कीले आगामी महिनामा सहयोग गर्नुपर्ने परिवारको लगत संकलन गर्ने र सहयोग गर्ने जानकारी दिइन् । सहयोग वितरण कार्यक्रममा स्थानीय वासिन्दाको उल्लेखनीय उपस्थित थियो । महासमिति सदस्य जयराज संयोग, कानेपोखरी गापा सभापति योगेन्द्र दाहाल, जिल्ला सदस्य केदार थापा, गणेश थापा, नगेन्द्र भट्टराई नाति, गोपाल खड्का, महेश चौधरी, श्याम चौधरी, केशव खड्का, रबिलाल राजवंशी, उत्तम कोइराला, मनु गुरुङ, अशोक शाह, कृष्ण घिमिरे, प्रदिप दाहाल, ४ नम्बर वडा संयोजक भरत राई, सहसंयोजक रमन कार्की, जन्तलाल धिमाल, अमृत लिम्बू, राजकुमार धिमाल, सुरेश बराल, शंकर तामाङ लगायतको उल्लेखनीय उपस्थित थियो ।  कार्यक्रमका संयोजक कमला योन्जन, सचिव कृष्णमाया बिष्ट ‘कोपिला’, कोषाध्यक्ष डिल्लीमाया बस्नेत, सदस्यहरूमा टंकेश्वरी याख्खा, राधा पाठक, शोभा रिजाल, पम्फा धिमाल, चन्दीदेवी धिमाल, रुपा भट्टराई, जानुका खरेल रहेका छन् । कार्यक्रममा विभिन्न ठाउँमा समाजसेवी देवेन्द्र लुइँटेलले शारीरिक रुपमा अपाङ्ग बासुदेव धिमाललाई बैशाखी सहयोग गरी केही समय हिँड्न पनि सिकाए । त्यसपछि बासुदेव धिमालका हर्षका आँसु थामिएनन् । उनले भने, ‘अस्ती आएर हेरेर फोटो खिचेर जानुभएको थियो । आजै ल्याइदिनुभयो । मानवरुपी भगवान् हुनुहुँदो रहेछ उहाँ त !’ नेपाल महिला संघको कार्यमा आफ्नो सक्रिय सहभागिता र सहयोग रहने समाजसेवी देवेन्द्र लुइँटेलले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०२:४२:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend