आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रीलाई कालोझण्डा देखाउने उनकै ७ कार्यकर्ता पक्राउ

मन्त्रीलाई कालोझण्डा देखाउने उनकै ७ कार्यकर्ता पक्राउ

  • शनिवार, फाल्गुण ३ २०७६

  • 6.0K
    SHARES

  • काठमाडौं – पार्टीको योगदानबाट सरकारमा मन्त्री भएपछि गर्ने गतिविधिका कारण राजनीतिक कार्यकर्ता नै विरोधमा उत्रिएको उदाहरण जनकपुरधाममा देखिएको छ । राष्टिन्य जनता पार्टी (राजपा) बाट सांसद भई प्रदेश २ सरकारका सामाजिक विकासमन्त्री भएका नवलकिशोर साहलाई कालोझण्डा देखाउन खोज्ने ७ जना राजपा कार्यकर्ता पक्राउ परेका छन् । मन्त्रीको विरोध गर्दै प्रदर्शन गरिरहेको अवस्थामा राजपा नेपालका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको हो । जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको कार्यक्रममा सहभागी भएका मन्त्री साहविरुद्ध राजपा नेपालको विद्यार्थी संगठन धनुषाका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । अस्पतालकै मुलगेटमा धर्ना दिएर विरोध प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राजपा विद्यार्थी संगठनका अशोक यादव, वीरेन्द्र साह, इजाज अन्सारी, दिनेश यादव, करण मिश्र, रोशन यादव र शिव यादवलाई पक्राउ गरेको छ । हिजो शुक्रवार मन्त्री साह र राजपा धनुषाका अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्रकुमार झा ‘ज्ञानु’बीच बजेटको विषयलाई लिएर विवाद भएको थियो । मन्त्री साहले गृहजिल्ला सप्तरीमा बढी बजेट लगेको आरोप झाले लगाएका छन् । बजेटको विषयमा विवाद बढ्दै जाँदा विरोध प्रदर्शन र पक्राउसम्मको अवस्था आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०२:३१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend