आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उपलब्धी सुनाउँदा केपी ओलीले संसदमै बोले झुट तथ्य, यस्तो छ प्रमाण !

उपलब्धी सुनाउँदा केपी ओलीले संसदमै बोले झुट तथ्य, यस्तो छ प्रमाण !

  • शनिवार, फाल्गुण ३ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारका दुई वर्षे उपलब्धी सुनाए । त्यसक्रममा ओलीले सरकारले राम्रो काम गरिरहेको दाबी गरे । ओलीले सरकारका राम्रा काम देखाउन झुट तथ्यांक प्रस्तुत गरेको फेला परेको छ । ओलीले संसदमा बोल्दै आफ्नो सरकार बनेपछि चिसोले कठ्यांगिएर कसैले पनि ज्यान गुमाउनु नपरेको दाबी गरे । ओलीले संसद बैठकमा भने, ‘यो सरकार बन्नुअघि तराईमा शीतलहर र हिमाली क्षेत्रमा जाडोमा कठ्यांग्रिएर हरेक हिउँदमा कोही न कोहीले जान गुमाउनै पर्थ्यो । विगत दुई वर्षयता जाडो वा शीतलहरबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । यो अंकका साथसाथै अनुभूति पनि हो ।’ जाडो र शीतलहरले कसैले पनि ज्यान गुमाउनु नपरेको प्रधानमन्त्री ओलीको दाबीलाई सरकारी स्रोतबाट प्रवाह भएका सूचनाले नै झुटा सावित गरिएका छन् । सरकारी समाचार संस्था राष्ट्रिय समिति समिति (रासस) ले गत महिना माघ १५ गते प्रकाशित गरेको समाचारमा हुम्लामा चिसोले पुस २८ गतेदेखि माघ दोस्रो हप्तासम्म आठ जनाको मृत्यु भएको उल्लेख छ । हुम्लाको दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चंखेली गाउँपालिकामा पाँचको मृत्यु भएको समाचारमा उल्लेख छ । हिमाली क्षेत्रमा भएको बाक्लो हिमपातसँगै जाडोबाट प्रभावित भएर आठ जनाको मृत्यु भएको थियो । हिमाली क्षेत्रमा मात्रै नभई तराईमा समेत शीतलहरबाट यसै वर्ष सर्वसाधारणको मृत्यु भएको छ । शीतलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर पर्साको पर्सागढी नगरपालिका–४ वर्वाटांडीका ७५ वर्षीय बिक्रम सहनी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुली, जनकपुर उपमहानगरपालिका–२३ की ४४ वर्षीया सुनितादेवी कापडी लगायतको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमका समाचारमा उल्लेख छ । अत्यधिक चिसोकै कारण गत पुसमा गोलबजार नगरपालिका–४ निवासी शम्भु साहका ६ वर्षीय छोरा लभकुमार साह, गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो, धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । चिसो र जाडोका कारण सर्वसाधारणको मृत्यु भएको वास्तविक तथ्यांकलाई लुकाएर प्रधानमन्त्री ओलीले संसदमा चिसोले कसैको पनि मृत्यु नभएको झुटो विवरण सुनाएका छन् । सरकारका उपलब्धी सुनाउन प्रधानमन्त्री ओलीले झुटको सहारा लिएको प्रष्ट देखिएको छ । पदमा बसेर गफ मात्रै गर्ने भनी सर्वसाधारणबाट आरोप लाग्ने गरेका बेला उनले झुट तथ्यांकका आधारमा आफू सही देखिन खोजेका छन् । ओलीले संसदमा भने, ‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा ‘गफ गरेर हुन्छ, गर्छु होइन, गरें भन्नुपर्‍यो, काम गरेको देखिनुपर्‍यो नि – तथ्य खोई ?’ भन्ने सुन्थें । अहिले परिवेश अलि भिन्न देखिएको छ । यो एक बर्षदेखि एउटा थेगोजस्तै– ‘अंक र आँकडाबाट हुन्छ ? ग्लोबल इण्डेक्समा होइन, जनतामा इम्प्रेसन’ के छ बुझ भन्ने जस्ता कुरा सुनिन थालेको छ । यस्ता तर्क सुन्दा बेला बेलामा म, विस्मित हुने गर्छु । भनौं कि जस्तो पनि लाग्छ – ठीकै छ । ‘अंकमा होइन, अनुभूति नै सही– इण्डेक्स होइन, इम्प्रेसन’ कै कुरा गरौं न त !’ यति भनिसकेपछि ओलीले आफ्नो सरकार बनेपछि चिसोले कसैको मृत्यु नभएको झुटो तथ्य सुनाए । ओलीले झुट तथ्य संसदमा प्रस्तुत गरिरहँदा जनताको समस्या र अवस्थाबारे खासै जानकारी नराख्ने भएका कारण कुनै पनि सांसदले प्रतिप्रश्न सोध्न सकेनन्, चिसोले सर्वसाधारणको मृत्यु भएको विवरण कुनै पनि सांसदले संसदमा बताएनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०२:१८:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend