आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रणय दिवसको अवसरमा नेविसंघका नेता मडैको संयोजनमा अनाथालयमा खाद्यान्न वितरण

प्रणय दिवसको अवसरमा नेविसंघका नेता मडैको संयोजनमा अनाथालयमा खाद्यान्न वितरण

  • शनिवार, फाल्गुण ३ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौँ - १४ फेब्रुअरी अर्थात हिजो प्रणय दिवस । सबै युवायुवति तथा जोडिहरुले एक आपसमा प्रेम र उपहार साटासाट गरेर मनाउने दिन तर केही युवाहरुले भने फरक किसिमले मनाएका छन् । नेपाल विद्यार्थी संघका नेता रिजन मडैको संयोजनमा केहि खाद्यान्न सामाग्री अनाथालयमा लगेर युवायुवतिहरुले प्रणय दिवस मनाएका हुन । कार्यक्रम अन्तर्गत ललितपुर भैसेपाटिमा रहेको रिन्यु फाउन्डेसन नेपालमा रहेका ४२ जना बालबालिकालाई केही खाद्यान्न सामाग्री वितरण गरिएको मिडिया डबलीसंग कुराकानी गर्दै मडैले जानकारी दिए । मायाँको अभावमा बाचेका अनाथ बालबालिकासँगै बसेर थोरै मायाको अनुभुति दिलाउन आफुले सक्ने सहयोग गरेर प्रणय दिवस मनाइएको अभियान्ता मडैले बताए । कार्यक्रम प्रमुख अतिथि समाजसेवी नम्रता भण्डारीले प्रेम साट्न कुनै खास व्यक्तित्व हुनुपर्छ भन्ने मान्यतालाई तोड्दै आपसि सद्भाव र मायाँमानै प्रेम सफल हुने बताउनुभयो । साथै अगामी दिनमा पनि बालबालिकाको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथि नरेन्द्र बिष्टले बालबालिकाको उत्तरोत्तर प्रगतिको कामना सहित अगामी दिनमा सस्थालाइ सहयोग संगै जुनसुकै समस्या पर्दा नि आफुले सहयोग गर्ने बाचा ब्यक्त गरे । आफन्तको मायाबाट बन्जित भाइबहिनीलाई आफुले सकेको सहयोग गर्दै आइरहेको कार्यक्रममा उपस्तिथित बिरेन्द्र थापाले बताए । थापा रिन्यु फाउन्डेसनका सल्लाहकारमा समेत रहेका छन् .। उनले अहिलेसम्म अनाथबालबालिकाको लागि थुप्रै कार्यक्रम पनि गरिसकेका छन्। कार्यक्रममा बिरेन्द्र थापा, नम्रता भण्डारी, नरेन्द्र बिष्ट, शान्ति बस्नेत, रिजन मडै, दिपेश धामी, गनेश साउद, राजु मैनाली, शर्मिला श्रेष्ठले आर्थिक सहयोग गरेका थिए। नम्रता भण्डारीको प्रमुख आथित्यता र नरेन्द्र बिस्टको विशिष्ट आथित्यतामा रहेको सो कार्यक्रममा थुप्रै अभियान्ताहरु उपस्थित रहेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०५:४१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend