आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसले बनाएको पुलमा कम्युनिस्टको दाबी, योगेन्द्रले नग्याइदिए नेकपालाई

कांग्रेसले बनाएको पुलमा कम्युनिस्टको दाबी, योगेन्द्रले नग्याइदिए नेकपालाई

  • शनिवार, फाल्गुण ३ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद योगेन्द्र चौधरीले दाङको देउखुरीमा राप्ती नदीको पुल निर्माण सम्पन्न भएपछि तत्कालीन भौतिकमन्त्री विजयकुमार गच्छदार र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलाई धन्यावाद दिएका छन् । कांग्रेसका नेता चौधरीले पुलको योजना र बजेटका लागि गच्छदार र डा.पोखरेलले ठूलो योगदान दिएको बताएका छन् । राप्ती नदीको पुल निर्माण सम्पन्न भएपछि सत्तारुढ नेकपाका दाङका एकजना सांसदले ‘पुल मैले बनाएको हुँ’ भनेर दाबी गर्न थालेपछि कांग्रेसका नेता चौधरीले पुलको बास्तविकता बाहिर ल्याइदिएका हुन् । नेकपाका ती सांसदले पुल बनाएको दाबी गरिरहँदा कांग्रेसका नेता चौधरीले पुलको शिलान्यास गर्दा तत्कालीन नेकपा (एमाले)ले देउखुरी उपत्यका बन्द आह्वान गरेको स्मरण गराइदिएका छन् । ‘अनौठो लाग्छ कसैको दाबी सुनेर । कुन पुल कसले बनायो भनेर ! प्रयास थियो होला । तर, नेपालको स्थिति सबैलाई थाहा छ ’, कांग्रेसका युवा नेता चौधरीले भनेका छन्, ‘पावर पोलिटिक्स हो । सत्ताभन्दा बाहिर रहँदा नेपालको खरदारले सासंदसंग पनि खरदार कै पद ठूलो हो जस्तो सांसदसंग व्यवहार गर्छन् ।’ ‘यस्तो मनोविज्ञनबाट ग्रसित कर्मचारीतन्त्रमा तत्कालीन समयमा सत्ताभन्दा बाहिर रहेका त्यसमा पनि कुनै पार्टीका एक्ला सांसद रहेका हाल नेकपामा गएर पुनः सांसद भएका हालका माननीयले नेपालको दोस्रो लामो पुल मैले बनाएर जीवनको सपना साकार भो भन्ने तर्क फेसबुकमा गरेको देखेर लज्जा बोध हुन्छ’, उनले भनेका छन् । ‘माननीयलाई हेक्का हुनुपर्छ उक्त पुल त्यस बेलाका भौतिकमन्त्री विजयकुमार गच्छदारले नै योजना पारेकोले उहाँकै बाहुलीबाट पुल सिलन्यास गराउने प्रयास माननीय ज्यूबाटै भएको हो’, कांग्रेसका युवा नेता चौधरीले वितगको इतिहास स्मरण गराउँदै भनेका छन्, ‘त्यही बीचमा सरकार बदलियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री हुनु भो । उहाँले नै सिलन्यास गर्ने अबसर प्राप्त गर्नु भो ।’ ‘पुल सिलनन्यास गर्दै गर्दा तत्कालीन एमालेले पुल सिलन्यास हुन नदिन एक दिने देउखुरी बन्द गरेको सम्झना देउखुरीका जनतालाई छ’, पूर्वसांसद समेत रहेका कांग्रेसका युवा नेता चौधरीले भनेका छन्, ‘विशेष गरेर सिसहनियाँ, महदेवा पुलको योजना ल्याउन सहयोग गर्नु हुने तत्कालीन भौतिक तथा योजनामन्त्री विजय दाइ र तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्षय डा.गोविन्द पोखरेल ज्यूप्रति धन्यवाद ।’ कांग्रेसका नेता चौधरीले तत्कालीन समयका सांसदहरू सबैको सकारात्मक पहलले राप्ती नदीको पुल बन्न थप बल पुगेको बताएका छन् । उनले त्यसका लागि सबैलाई धन्यावाद दिँदै भनेका छन्, ‘झुठ तर्क कसै ले नगरौं ।’ नेकपाकी प्रतिनिधि सभाकी सांसद गंगा सत्गवाँ चौधरीले राप्ती नदीको पुल आफूले बनाएको दाबी गर्दै फेसबुकमा स्टाटस लेखेपछि कांग्रेसका युवा नेता चौधरीको कडा प्रतिक्रिया आएको छ । नेकपाकी सांसद सत्गवाँको दलले नै राप्ती नदीको पुलको सिलान्यास बिथोल्न देउखुरी उपत्यका बन्द आह्वान गरेको थियो । सत्गवाँ त्यस बेला थरुहट पार्टीमा थिइन् । निर्वाचनका बेला उनी तत्कालीन नेकपा (एमाले)मा प्रवेश गरेकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०५:१९:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend